स्टार फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ

डिसी नेपाल
२२ फागुन २०७६ १५:२०

काठमाडौं। ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेको आरोपमा उनी दक्षिण अमेरिकी देश पाराग्वेबाट पक्राउ परेका हुन् । उनीमाथि नक्कली पासपोर्ट प्रयोग गरेको आरोप छ ।

गोल डटकमका अनुसार बार्सिलोना र पिएसजीका पूर्व स्टार रोनाल्डिन्हो बुधबार उनका दाइ रोबर्टो सहित पक्राउ परेका हुन् । उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको भएको पाइएको छ । ‘रोनाल्डिन्होले नक्कली पासपोर्ट प्रयोग गरेका थिए । र, यो अपराध हो। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं,’ पाराग्वेका आन्तरिक मामिला मन्त्री इयुक्लिडेस एचिभेटोले भनेका छन्, ‘खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ ।’ एचिभेटोले रोनाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन् । उनीहरु बुधबार बिहान पाराग्वे पुगेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *