मैदान फर्कदै केन

डिसी नेपाल
२२ फागुन २०७६ १८:१३

एजेन्सी । इन्ग्लिश फरवार्ड ह्यारी केन अर्को महिनाबाट मैदान फर्कने भएका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेका केन अर्को महिनाबाट मैदान फर्कने भएका हुन् ।

टोटनहमका फरवार्ड केनले गत जनवरीबाट कुनैपनि खेल खेलेका छैनन् । जनवरी १ मा साउथह्याम्पटनविरुद्ध उनले ह्यामस्ट्रिङको चोट बोकेका थिए । केनले अर्को महिनाबाट मैदान फर्कन आफुले पुर्नस्थापनामा मेहेनत गरिरहेको बताएका छन् ।

इंग्ल्यान्डका कप्तान समेत रहेका २६ वर्षे केन युरोकप अघि मैदान फर्कने भएका हुन् । युरोकपमा केन इंग्ल्यान्डको मुख्य खेलाडी हुन् । युरोकप जुन १२ बाट सुरु हुनेछ । सन् २०१८ को विश्वकपमा केनको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *