आहा ! रारा गोल्डकपः बीबीसीलाई पराजित गर्दै आयोजक सहारा क्लब क्वाटरफाइनलमा

डिसी नेपाल
२२ फागुन २०७६ १८:१९

काठमाडौं । आयोजक सहारा क्लब पोखरा १८ औं संस्करणको आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहिबार ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै सहारा क्वाटरफाइनलमा पुगेको हो ।

१० खेलाडीमा सिमित सहाराका लागि त्रिदेब गुरुङले दुई गोल गरे । यस्तै सीवी उल्रीचले एक गोल थपे । ब्रिगेडका राजेश परियार र विजय गुरुङले एक एक गोल फर्काए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *