खेलकूद विकासमा सरकारको सहयोग रहन्छः मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२२ फागुन २०७६ २०:२२

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु भएको १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप’को उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणको कठिन परिस्थितिमा सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउनु सबैको दायित्व रहेकामा जोड दिए ।

मुख्यमन्त्री गुरुङले आहा रारा गोल्डकपसहित गण्डकी प्रदेशमा सञ्चालन हुने अन्य प्रतियोगितालाई सफल बनाउन सरकारले आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । प्रतिनिधिसभा सांसद एवं प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले सहाराले खेल माहोल बढाएकाले निरन्तर प्रायोजन गरेर सहयोग गरेको उल्लेख गरे ।

प्रतियोगिता उद्घाटनका अवसरमा राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट नगद रु ३५ हजार तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *