म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

डिसी नेपाल
२३ फागुन २०७६ ८:३०

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड एफए कपको क्वाटरफाइनलमा पुगेको हो ।

युनाइटेडको जितमा ओडीअन इगहालोले दुई गोल गरेका थिए भने लुका शाके एक गोल गरेका थिए । इगहालो गत जनवरीमा इटालीबाट लोनमा युनाइटेड आएका हुन् ।

योसँगै एफए कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । अब क्वाटरफाइनलमा आर्सनल शेफिल्ड युनाइटेडसँग खेल्ने छ भने म्यानचेस्टर युनाइटेड नर्विच सिटीसँग खेल्ने छ ।

त्यस्तै म्यानचेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग खेल्ने छ भने चेल्सी लेस्टर सिटीसँग खेल्ने छ । क्वाटरफाइनलका खेल मार्च २१ मा हुने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *