नेपाल र सिंगापुरबीचको खेल सुरु हुन सकेन

डिसी नेपाल
२३ फागुन २०७६ ८:४१

काठमाण्डौ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा आज हुने नेपाल र सिंगापुरबीचको खेल समयमा सुरु हुन सकेको छेन । नेपाली समयअनुसार बिहान सवा ८ बजे सुरु हुनुपर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन नसकेको हो । अहिलेसम्म टस पनि हुन सकेको छैन ।

नेपालले आजको खेल प्रतिष्ठाको लागि मात्र खेल्दैछ । अहिलेसम्म तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ । जसका कारण नेपालको शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुंगिएको छ ।

नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो । लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेको सिंगापुर नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुने छ । नेपाल भने सिांपुरलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेर फर्कने दाउमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *