टि–२० अन्तर्राष्ट्रिय सिरिजको लागि नामिबियाद्वारा नेपालसमक्ष प्रस्ताव
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज अगाडि घरेलु टोली नामिबियाले नेपाल र स्कटल्याण्डसँग टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने चाहना व्यक्त गरेको छ ।
टि–२० सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई सो प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् । क्यानका सचिव प्याकुरेलले भने, ‘विश्वकप लिग खेल्नुअघि नामिबियाले टि–२० अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाललाई प्रस्ताव गरेको हो ।’
नामिबियाले प्रस्ताव गरेपनि टि–२० सिरिज हुने नहुने तय भइनसकेको उनले बताए । ‘स्कटल्याण्ड र नेपालले आइसीसीसँग छलफल गर्दा अनुमति पायौं भने टि–२० सिरिज खेल्ने छौं’, प्याकुरेलले भने, ‘टि–२० सिरिज खेल्ने भएमा नेपाली टिम तोकिएको समय भन्दा चाँडै नामिबिया जानेछ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment