टि–२० अन्तर्राष्ट्रिय सिरिजको लागि नामिबियाद्वारा नेपालसमक्ष प्रस्ताव

डिसी नेपाल
२३ फागुन २०७६ १०:४२

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज अगाडि घरेलु टोली नामिबियाले नेपाल र स्कटल्याण्डसँग टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने चाहना व्यक्त गरेको छ ।

टि–२० सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई सो प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् । क्यानका सचिव प्याकुरेलले भने, ‘विश्वकप लिग खेल्नुअघि नामिबियाले टि–२० अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाललाई प्रस्ताव गरेको हो ।’

नामिबियाले प्रस्ताव गरेपनि टि–२० सिरिज हुने नहुने तय भइनसकेको उनले बताए । ‘स्कटल्याण्ड र नेपालले आइसीसीसँग छलफल गर्दा अनुमति पायौं भने टि–२० सिरिज खेल्ने छौं’, प्याकुरेलले भने, ‘टि–२० सिरिज खेल्ने भएमा नेपाली टिम तोकिएको समय भन्दा चाँडै नामिबिया जानेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *