मशरफे मोर्तजाले बंगलादेशको एकदिवसीय कप्तानबाट राजीनामा दिए

डिसी नेपाल
२३ फागुन २०७६ १२:१६

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर मशरफे मोर्तजाले बिहीबार राष्ट्रिय एकदिवसीय टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि बंगलादेशका एक स्टार खेलाडीको करिअर पनि समाप्त भएको अडकलबाजी गर्न थालिएको छ ।

मशरफेले शुक्रबार हुने जिम्बाब्वे विरूद्धको एकदिवसीय खेलमा अन्तिम पटक कप्तानको रूपमा टोलीको नेतृत्व गर्नेछन् । मशरफेले भने ‘म बंगलादेश क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति लामो समयसम्म विश्वास देखायो साथै यदि मैले मौका पाएँ भने म एक खेलाडीको रूपमा टिमलाई सर्वश्रेष्ठ दिने प्रयास गर्नेछु ।’

मशरफेले राजनीतिमा पनि आफ्नो करिअर अगाडि बढाइसकेका छन् । उनी अहिले सत्तारुढ दलका सांसद हुन् । गत बर्ष भएको विश्वकप पछि मशरफे कुनै पनि अन्तराष्ट्रिय एकदिवसीय खेलेका थिएनन् । जिम्बाब्वे बिरुद्धको तीन एकदिवसीय श्रंखलामा दुई जीतका साथ बंग्लादेशले सिरिज जितिसकेको छ । सिरिजको तेस्रो खेल आज हुँदैछ । मशरफेले २ खेलमा अहिलेसम्म ३ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *