पपुलिष्ट काम गर्नेहरु सफल हुँदैनन् : भट्टराई

डिसी नेपाल
२३ फागुन २०७६ १५:२९

काठमाडौं। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताए।

होटल एम्बासेडोरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताए।

उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिल्यै पनि सफल लिडर बन्न नसक्ने बताए। उनले भने, ‘लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो। अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन। हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो लिडर नै होइन। लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ। सही,साइन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ।’

आफू प्रधानमन्त्री भएको बेला काठमाडौं उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए।

साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षा सहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याए पनि अहिले पुनर्संचना पछि झन राम्रो स्वरुपमा आएको भन्दै उनले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *