ती पुरुषको रोचक कथा जसलाई भोलि नारी दिवसमा ‘सर्वोत्कृष्ट आमा’को रुपमा सम्मान गरिँदैछ

डिसी नेपाल
२४ फागुन २०७६ ११:४१

काठमाडौं। भनिन्छ, एक महिला जब आमा बन्छिन् त्यसपछि उनी एक बच्चाको लागि सबैभन्दा महान बन्छिन् । एक आमाको स्थान संसारमा कसैले पनि लिन सक्दैन । तर भारतको पुणेमा एक युवक छन् आदित्य तिवारी, जसलाई भोलि अन्तर्राष्ट्रिय महिला दिवको अवसरमा ‘सर्वोत्कृष्ट आमा’को रुपमा सम्मान गरिँदैछ । तपाइँलाई आश्चर्य लाग्यो होला, कसरी एक पुरुष सर्वोत्कृष्ट आमा बन्न सक्छन् ? यसको पछाडि आदित्यको रोचक कथा छ ।

भोलि अर्थात ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । यही अवरमा भारतको बैंगलोरमा ‘वेम्पावर’नामको कार्यक्रम आयोजना हुँदैछ । यही कार्यक्रममा आदित्यलाई सर्वोत्कृष्ट आमाको रुपमा सम्मानित गरिँदैछ । खासमा आदित्य आफूले बच्चा जन्माएर आमा बनेका होइनन् तर उनले एक बालकलाई एउटी आमाले गर्नुपर्ने हेरविचार यति राम्रोसँग गरेका छन् कि उनी बच्चा जन्माएर हुर्काउने आमाभन्दा धेरै ममतामयी ठहरिएका छन् ।

२०१६ मा आदित्यले २२ महिनाका एक बालकको अभिभावकत्व लिएका थिए । ती बालक डाउन सिन्ड्रोमबाट ग्रस्त छन् । डाउन सिन्ड्रोम शरीरमा एक्स्ट्रा क्रोमोजोम भएर हुने विकृति हो जसले बालकको शारीरिक र मानसिक विकास राम्रोसँग हुन सक्दैन । बच्चाको अभिभावकत्व लिएपछि उनले ती बालकलाई आमाले जस्तै हुर्कारहेका छन् ।

इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार आदित्यले भने ‘मलाई विश्वका सर्वोत्कृष्ट आमामध्ये एकको रुपमा सम्मानित हुन पाउँदा खुसी लागिरहेको छ । म आफ्नो अनुभव बाँड्न उत्सुक छु । त्यो कार्यक्रममा म बताउन चाहन्छु कि एक विशेष बालकको हेरचाहमा कस्ता अनुभव हुन्छन् र सिंगल अभिभावक हुनुको अर्थ के हुन्छ ।’

आदित्यले ती बालकको अभिभावकत्व लिएपछि उनको जीवन पूरै बदलिएको छ । आदित्य पेशाले सफ्टवेयर इन्जिनियर हुन् तर बच्चाको अभिभावकत्व लिएपछि उनले जागिर छोडे र देशभर विशेष किसिमका बच्चाका मातापिताको काउन्सिलिङ, मार्गदर्शन र उनीहरुलाई मोटिभेट गर्ने काम सुरु गरे । यो काममा आदित्यका छोरा पनि उनको साथमा हुन्छन् । आदित्यका छोराको नाम अवनीश हो ।

आदित्यले आफैंले जन्माएका छोरा अवनीश पनि फरक क्षमताका हुन्, उनी बोल्न सक्दैनन् । आदित्यले अवनीशको साथमा देशका २२ राज्य घुमिसकेका छन् । उनले यो ४ वर्षको अवधिमा लगभग ४ सय स्थानमा बैठक, कार्यशाला र कन्फ्रेन्समा सहभागी भइसकेका छन् । आदित्यको परिवार पुणेको वाकडमा बस्छन् । अवनीश बालवाडीको एक स्कुलमा पढ्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *