महिला टी–२० विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिड्दै

डिसी नेपाल
२५ फागुन २०७६ ११:०८

एजेन्सी । अस्ट्रेलियामा जारी महिला टी–२० विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया आज भिडदै छन । बिहिबार भएको सेमिफाइनल खेलबाट भारत र अस्ट्रेलिया फाईनलमा पुगेका हुन्।

बिहिबारको भारत र ईंग्ल्याण्डबीचको पहिलो सेमिफाइनल वर्षाले रद्द हुँदा भारत फाईनलमा पुगेको थियो। यस्तै बिहिबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई ‘डीएल मेथड’मा ५ रनले पराजित गर्दै अस्ट्रेलिया फाईनलमा पुगेको हो।

योसँगै अस्ट्रेलिया ६ पटक महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ। भारत भने पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो। आज महिला दिवसको अवसरमा हुने फाइनल खेलमा भारत समूह चरणको नतिजा दाहोर्‍याउँदै पहिलो पटक उपाधि जित्ने दाउमा हुनेछ भने अस्ट्रेलिया उक्त नतिजालाई उल्ट्याउँदै उपाधि रक्षा गर्ने दाउमा हुनेछ। समूह चरणको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *