दक्षिण अफ्रिकासँगको सिरीजका लागि भारतीय टिम घोषणा

डिसी नेपाल
२५ फागुन २०७६ १८:१२

एजेन्सी । दक्षिण अफ्रिका विरुद्धको सिरीजका लागि भारतीय टिमको घोषणा भएको छ। आईतबार घोषणा भएको टिममा हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार र शिखर धवनले कमब्याक गरेका छन ।

घरेलु मैदानमा हुने सिरीजका लागि रोहित शर्मा, केदान जादव र मोहम्मद शामी, शिवम दुबे, सारदुल ठाकुर १५ खेलाडीको सूचीबाट बाहिरीएका छन । रोहित चोटका कारण टिममा परेनन् । न्यूजिल्याण्ड विरुद्धको सिरीजमा उनी चोटग्रस्त भएका थिए ।

चोटका कारण हार्दिकले गत सेप्टेम्बरपछि राष्ट्रिय टिमबाट खेलेका छैनन् । यस्तै गत जनवरीमा अष्ट्रेलिया विरुद्धको सिरीजमा धवनको काँधमा चोट लागेको थियो । यस्तै भुवनेश्वर पनि टिम बाहिर रहेका थिए ।

भारतीय टिम

शिखर धवन, पृथ्वी शा, विराट कोहली (कप्तान), केएल राहुल, मनिश पाण्डे, श्रेयस ऐयर, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहल, जसप्रित बुम्राह, नभदिप सैनी, कुलदिप यादव, शुभम गिल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *