रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन
आसुनसिओन । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरको छन् ।
क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन् ।
पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन्।
उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन्।
वकील क्वीरोजले भने, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उनलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उनलाई पनि थाहा थिएन।”
पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन्।
रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आपुगेका थिए ।
विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment