वीरेन्द्रनगरका मुख्य सडकमा ‘वान–वे’ योजनाअलपत्र

डिसी नेपाल
२७ फागुन २०७६ १२:३८

सुर्खेत । वीरेन्द्रनगरमा दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मंगलगढी चोकदेखी वीरेन्द्र चोकसम्मको मुख्य बजार क्षेत्रमा एकतर्फी (वान–वे) सञ्चालन गर्ने योजना बनाएको छ । तर योजना कार्यान्वयन हुन सकेको छैन ।

सवारी साधनको चापसँगै ट्राफिक जामलाई व्यवस्थापन गर्न अपनाएको योजना नै अलपत्र परेपछि यसको मारमा पैदलयात्रु नै परेका छन् ।

बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकमा (वान वे) अर्थात एकतर्फी मात्र गाडी सञ्चालन गर्नुपर्ने निमयलागू गर्ने लागत सहितको योजना जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रशासनमा पेश गरेको थियो।

तर प्रशासनमा योजना पेश गरेको एक महिनावित्दापनिकुनै प्रक्रिया अघि बढेको छैन।

‘एकतर्फी सवारी आवागमनको लागिव्यवस्थापनगर्न झण्डै एक लाख७८ हजारको प्रस्तावप्रशासनमा पेश गरेको थिए’ ट्राफिक प्रहरी कार्यालयकाप्रहरी निरीक्षकउदयसिंह सिजापतिले भने, ‘तर यस बिषयमाजिल्ला प्रशासनबाट प्रतिक्रियाआएको छैन।

त्यसैले तत्कालकालागिबजार क्षेत्रको मुख्य सडक एकतर्फी बनाउने योजना अघि बढाउन सकिएको छैन।’ सडकमा संकेत चिन्ह, रेखाङ्कनगर्न र सचेतनामुलकअभियानकाकार्यक्रम सञ्चालनगर्न लागतविवरणसहित उक्त योजनाप्रशासनमा ट्राफिक कार्यालयले पठाएको हो।

सडक किनाराको एक छेउमा ट्राफिक प्रहरीले दुई पांग्रे सवारी पार्किङ्ग गरेर जेनतेन व्यवस्थापनगरिरहेको छ । तर बढ्दो सवारी चाप र सडकमै पार्किङ्ग गर्दा दोहोरो सवारी आवागमनमा समस्याभईरहेको छ ।

सोही कारण मुख्यबजार क्षेत्रमा हरेक दिन सवारी जामहुने गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखी गणेशचोकसम्म सवारी आवतजातमानिकै सास्तीभईरहेको सवारी चालक बताउँछन्।

बजार क्षेत्रकाभित्री सडक यरिचोक–वीरेन्द्रचोक, नेताचोक–वुद्धपथ लाईन, घण्टाघर र हटिया लाईनमा सवारी साधनको चापले सडकमा सास्ती बढिरहेको छ ।

एकै पटक यो नियमलागूगर्दा धेरै जनशक्तिआवश्यक पर्ने भएकाले पहिलो चरणमा बजार क्षेत्रमै केद्रित हुने र पछि विस्तारै बाँकी सडकमा लागु गर्नेगरी प्रस्तावसहितको विवरण पेश गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीकाअनुसार सुर्खेतमा १८ हजार सात सय ५८ मोटरसाईकल, दुई सय ७५ जीप/कार, तीन सय ९२ टिप्पर, पाँच सय ८० बस÷मिनीबस, एक हजार तीन सय ५० अटोरिक्सा, एक सय ७० पावर टेलर र पाँच सय ९४ वटा ट्याक्टरको संख्या छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *