सरकारी जग्गामा बनेका अनधिकृत घर भत्काइयो

डिसी नेपाल
२८ फागुन २०७६ २३:०८

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनधिकृतरुपमा सरकारी जग्गामा निर्माण गरेका घर भत्काएको छ । वीरेन्द्रनगर नगरपालिका– ७ स्थित जिल्ला मालपोत कार्यालय सुर्खेतको नाममा रहेको सरकारी जग्गामा अनधिकृतरुपमा बनाएका घरटहरा भत्काइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए।

मालपोत कार्यालयका साथै प्रशासन कार्यालय सुर्खेतले माघ महिनादेखि पटकपटक आआफ्नो मालसमानसहित टहरा उठाउन भने पनि नटेरेकाले आज डोजर लगाएर टहरा भत्काइएको उनले बर्ताए।

“हामीले आज मालपोत कार्यालयको दुई बिघा जग्गामा अनधिकृत तरिकाले बस्दै आएका ३५ घर भत्काएका छौँ,” सूचना अधिकारी लामिछानेले भने, “अझै केही घर भत्काउन बाँकी नै छ ।” वीरेन्द्रनगर नगरपालिकाका सडक छेउछाउका सरकारी जग्गामा बनेका सबैको घरटहरा अब चाँडै भत्काइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *