इङल्यान्डका खेलाडीहरुको पाकिस्तान छोड्ने निर्णय
एजेन्सी । कोरोना भाइरसको बढ्दो खतरालाई ध्यानमा राख्दै इङल्यान्डका खेलाडीहरूले पाकिस्तान टी-२० लीग पाकिस्तान सुपर लीग छोडेर स्वदेश फर्कने निर्णय गरेका छन्। पीएसएल समाप्त हुन अझै १० दिन बाँकी छ, तर ईङल्यान्डका क्रिकेटरहरूले प्रतियोगिता बाट बाहिरिने निर्णय गरेका हुन।
प्रतियोगितामा कोरोनाको खतरालाई ध्यानमा राख्दै स्टेडियम खाली गर्ने निर्णय भइसकेको छ, यद्यपि ईङल्यान्डका स्टार क्रिकेटरहरूले आफ्नो मातृभूमि फर्कने निर्णय गरेका छन्।
विश्वकप विजेता टिमका खिलाडी जेसन रोय, मोइन अली र जेम्स भिन्सेले पीएसएल बीचमा छोड्ने निर्णय गरेका छन्। उनीसँग टोम ब्लन्टन, एलेक्स हेल्स र क्रिस जोर्डन पनि स्वदेश फर्कनेछन ।
डेलीमेलको रिपोर्टका अनुसार हाल पाकिस्तान टी २० लिगमा करिब १५ जना ईङल्यान्डका खेलाडीहरू खेलिरहेका छन्। तिनीहरू सबै पाकिस्तान छोड्नेछन् र शनिबार आफ्नो देश ईङल्यान्डका लागि प्रस्थान गर्नेछन्। पाकिस्तान क्रिकेट बोर्डले यस प्रतियोगिताको सबै खेलहरू खाली स्टेडियममा राख्ने निर्णय गरिसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment