दिल्लीमा आइपिएलका खेलहरु नहुने
काठमाडौं । विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण दिल्ली सरकारले राजधानीमा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रतिबन्ध लगाएको छ ।
दिल्लीका उपमुख्य मन्त्री मनीष सिसोदियाले शुक्रबार दिल्लीमा कुनैपनि खेलकुद गतिबिधि नहुने जनाएका छन । उनले मानिसहरु भिडभाड हुने कुनैपनि खेलकुद गतिबिधि नगर्न आग्रह गरेका छन् ।
यदि आइपीएलमा स्टेडियममा खेलाडि मात्रै हुने दर्शक नहुने अबस्थामा आइपीएल खेलाउन सकिन्छ कि सकिँदैन भन्ने एक प्रश्नको जवाफमा सिसोदियाले भने यदि आईपीएल आयोजकले खेलको नयाँ ढाँचाको प्रस्ताव लिएर आएको खण्डमा बिचार गर्न सकिने जनाएका छन ।
उनले भने हामीले कुनैपनि खेलाडीहरुलाई अभ्यास गर्न प्रतिबन्ध लगाएका छैनौ । दिल्लीमा आइपीएलको पहिलो खेल ३० मार्चमा रहेको छ । यो सिजनमा दिल्लीमा कुल ७ खेल हुने कार्यक्रम रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment