जुम्लामा भारी हिमपात

डिसी नेपाल
३० फागुन २०७६ २३:०९

जुम्ला। जुम्लामा शुक्रबार भारी हिमपात भएको छ । हिमपातले गर्दा जुम्ला हिउँले सेताम्य बनेको छ । हिमपातले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । बेमौसममा परेको हिमपातका कारण जुम्लाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ ।

प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै हिउँ परेको तिला गाउँपालिका–१ का किसान नरजित बुढाले बताए। फागुन अन्तिममा बर्सातसँगै हिउँले यहाँका स्थानीयवासीले लगाइएको बालीनालीलाई फाइदा पुग्नाका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने रावतले बताए।

बर्सातसँगै शुरु भएको हिमपातपछि जुम्ला विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका स्थानीय जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुम्ला विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ ।

हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका यहाँका सर्वसाधारणले बताएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *