विश्वमा ३ वटा मात्र थिए दुर्लभ सेतो प्रजातिका जिराफ, २ वटालाई शिकारीले मारिदिए

डिसी नेपाल
१ चैत २०७६ ९:१२

नैरोबी। उत्तर पूर्वी केन्याको ग्रासिया काउन्टीमा शिकारीहरुले दुर्लभ सेतो प्रजातिको पोथी जिराफ र उसको बच्चालाई मारिदिएका छन् । वन विभागका कर्मचारीले सोमबार यी दुई जिराफका शव फेला पारे । अधिकारीहरुका अनुसार यो प्रजातिका जिराफ विश्वभर केवल ३ वटा थिए । अब एउटा मात्र बाँकी छ ।

जानकारहरुका अनुसार यिनीहरुको सेतो रंग ल्युसिज्म नामक एक दुर्लभ स्थितिका कारण हुन्छ, जसका कारण त्वचाको कोशिकाहरुमा रंजकता (पिगमेन्टेशन) हुँदैन । यी सेता जिराफको फोटो २०१७ मा भाइरल भएका थिए । इशाकबिनी हिरोला समुदायका प्रबन्धक मोहम्मद अहमदनूरका अनुसार मारिएका जिराफलाई पछिल्लो पटक ३ महिना पहिले देखिएको थियो ।

यो खबर आफ्नो समुदाय र पूरै केन्याको लागि दुःखद भएको अहमदनूरले बताए । उनका अनुसार उनको समुदाय एक मात्र समुदाय हो जसले सेतो जिराफको संरक्षण गर्छ । पुलिसका अनुसार अझैसम्म यी जिराफलाई मार्ने शिकारीको पत्ता लाग्न सकेको छैन । केन्या वाइल्डलाइफ सोसाइटीले यो घटनाको जाँच भइरहेको बताएको छ । खासमा यी जिराफ बस्ने सेन्चुअरीमा फेंसिङ छैन । यहाँभित्र कैयौं गाउँहरु छन् यही कारण यी जिराफको सुरक्षा गर्नु निकै कठिन थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *