धनुषामा विषाक्त मदिरा पिउँदा ज्यान गुमाउनेको संख्या ११ पुग्यो
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ।
होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ।
मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
अन्य चारजना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए।
अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ।
अहिले पुरै गाउँ शोकमा डुवेको छ। आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment