‘आयुर्वेदिक औषधी जुनसुकै रोगका लागि पनि उपयोगी’

धनकुमार कार्की
१ चैत २०७६ १२:३१

काठमाडौं। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आफ्नै गाउँघरको जडिबुटीबाट बनेको आयुर्वेदिक आौषधी उपयोगी हुने देखिएको छ। अहिले जुनसुकै रोगका लागि पनि आयुर्वेदिक आौषधी प्रयोग गर्नेहरु बढिरहेका छन्। अहिले बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैले सचेतना अपनाइरहँदा यसमा आयुर्वेदिक चिकित्साको क्षेत्रले पनि सहयोग पुग्ने देखिएको छ।

विश्वभर कोरोना भाइरसले संक्रमणको गति लिइरहेका बेला चीनमा भने घटेको छ। यसो हुनुमा केही हदसम्म जडिबुटीका औषधीको भुमिका रहेको केही अध्ययनहरुले देखाएका छन्। नेपालमा पनि केही स्थानीय तहहरुले विज्ञप्ति नै निकालेर अदुवा, बेसार, बोझो जस्ता कुराहरु खान भनिएको थियो। यस विषयमा विवाद पनि उठेको थियो। तर, यस्ता जडिबुटीले कोरोना लगायत अन्य रोग संक्रमण कम हुने र निको हुने सम्भावना बढ्ने देखिन्छ।

आयुर्वेदिक औषधीले कोरोना संक्रमणबाट बच्न सहयोग गर्ने र संक्रमण भएकालाई जटिल हुन नदिने तर पूर्ण रुपमा निको हुने भने नभएको आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञावालीले डिसी नेपालसँगको कुराकानीमा बताए। उनले भने, ‘अध्ययनले देखाएअनुसार कोरोना भाइरस रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई बढी संक्रमण हुने देखिएको छ। आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। अदुवा, बेसार, मरिच, सुठो, पिपला, गुर्जाे जस्ता जडिबुटीले मौसमी रुघाखोकी निको हुने कुरा सबैलाई थाहा भएकै कुरा हो। कोरोना पनि यसकै जटिल अवस्था भएकाले यस्ता जडिबुटीले कोरोना पूर्णनिको पार्न त सक्दैन तर निको हुने दर बढाउँछ र जटिल अवस्थामा जानबाट रोक्छ।

तर, केही सञ्चार माध्यमले जथाभावी प्रचार गर्दा आयुर्वेद क्षेत्रमा नै प्रश्न उठ्न थालेपछि यसको प्रयोग प्रभावकारी नभएको आयुर्वेदिक चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदिप केसीले बताए। यसैगरी सितोपलादी चुर्ण, तालीसादी चुर्ण, गोदन्ती भस्म, महालक्ष्मीबिलास रस, गुरुची सत्व जस्ता आयुर्वेदिक औषधी सेवन गरेमा भाइरसलाई मानिसको शरिरमा छिर्नबाट रोक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउने हुनाले भाइरसहरु पनि कम संक्रमण हुने संभावना रहेको पनि केसीले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लागि निश्चित औषधी उपलब्ध छैन । वैज्ञानिकहरु अहिले यो भाइरसलाई मार्ने वा संक्रमणबाट बचाउने भ्याक्सिन तयार गर्न जुटेका छन् । उपचारका केही तरिकाहरु पनि अहिले परीक्षणको क्रममै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *