साताको शेयर बजार: कूल चार अर्ब ४२ करोडको कारोवार

डिसी नेपाल
१ चैत २०७६ १६:३२

काठमाडौं । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।

साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६।०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो । यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो ।

साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *