कपनबाट डेढ लाख मास्क बरामद

डिसी नेपाल
२ चैत २०७६ १८:०६

काठमाडौं । प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट एक लाख पचास हजार थान सर्जिकल मास्क बरामद गरेको छ । विश्वभरी कोरोनाको संक्रमणका सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कालोबजारी गरिहेकाहरुबाट सो मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार दिउसो ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए । अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको जनाएको । कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशन जारी रहेको परिसरका डिएसपी बोगटीले जानकारी दिए ।

यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन । शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कपनमा अहिले चार वटा गोदामबाट ती मास्क बरामद गरेको हो । ‘केही व्यक्तिहरु पक्राउ परेका छन्’, डिएसपी बोगटीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *