आप्नै बाईकले कुल्चेर बाईक रेसरको मृत्यु

डिसी नेपाल
५ चैत २०७६ १६:५५

काठमाडौं । धेरै पटक रेसिंङ ट्र्याकमा च्याम्पियन भएकी स्टार महिला बाइकर इंडियाना मुनोजको एक प्रतियोगिता अन्र्तगत बाईक दुर्घटनामा मृत्यु भएको छ।

आइतबार ब्राजिलमा भएको एक प्रतियोगितामा मोटरसाइकल रेसर इंडियाना मुनोजले आफ्नो बाइकको नियन्त्रण गुमाईन र बाइक रेसिङ ट्र्याकमा खस्यो त्यसपछि मुनोजको मोटरसाइकल उनीमाथि खस्यो र उनको घटनास्थलमै मृत्यु भयो।

कोरोना भाईरसको कारण ब्राजिलमा खेलहरु स्थगित भए पनि यो प्रतियोगिता भएको थियो । २९ बर्षिय मुमोन ६०० सिसि बाईकको क्याटोगोरीमा प्रतिस्पर्धा गरिरहेकी थिईन । ब्राजिल मिडिया रिपोर्टको अनुसार मुनोज दोस्रो नम्बरमा रहेको बेला अचानक उनी चढेको बाईकको सन्तुलन गुम्न पुग्यो र बाईक मुनोजको माथि आयो ।

इंडियानाको बाईक स्टन्टका धेरै भिडियो हरु युट्यूबमा भाईरल भएको छ । यो भन्दा अगाडि यस ट्र्याकमै पछिल्लो बर्ष अगस्त महिनामा एक बाज्रिलियन मोटरसाईकल रेसर कारवाल्होको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *