कोरोना त्रासः अमेरिका र क्यानडाबीचको सीमा बन्द

डिसी नेपाल
५ चैत २०७६ २३:३३

काठमाडौं। कोरोना भाइरसको त्रासका बीच अमेरिका र क्यानडाबीचको उत्तरी सीमा बन्द गरिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सीमा बन्द गर्ने सहमतिअनुसार सीमा बन्द गरिएको ट्रम्पले बुधबार वाशिङ्टनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।

सीमा बन्द भए पनि द्विपक्षीय व्यापारमा भने कुनै समस्या नपर्ने जनाइएको छ। अमेरिका निर्यातमाथि निर्भर क्यानडालाई सामान्य समस्या हुने जनाइएको छ। उपभोग्य वस्तुमा भने कुनै समस्या नहुने दुबै मुलुकले जनाएका छन्।

बुधबार अमेरिकामा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ। अमेरिकामा कुल मृतकको संख्या ११७ पुगेको छ। बुधबारमात्र अमेरिकामा १२६७ जना नयाँ संक्रमित फेला परेका छन्। अमेरिकामा संक्रमितको संख्या ७६७८ पुगेको छ।

उता क्यानडामा भने हालसम्म कोरोना भाइरस देखिएको छैन।

कोरोनाका कारण बुधबार सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। बुधबार राती ११ बजेसम्म एकै दिन इटालीमा ४७५ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९७८ पुगेको छ। यो चीनपछि दोस्रो ठूलो संख्या हो।

इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन्। बुधबार रातीसम्म मात्र एकै दिन ४ हजार २ सय ७ जना नयाँ संक्रमित फेला परेका छन्। बुधबार इटालीपछि इरानमा सबैभन्दा धेरैको मृत्यु भएको छ। इरानमा बुधबार १४७ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या ११३५ पुगेको छ। इरानमा हालसम्म १७३६१ जना संक्रमित भएका छन्। त्यस मध्ये बुधबारमात्र ११९२ जना संक्रमित भएका हुन्।

त्यसपछि स्पेनमा पनि बुधबार ९० जनाको मृत्यु भएको छ। त्यहाँ कुल मृत्यु हुनेको संख्या ६२३ पुगेको छ। स्पेनमा हालसम्म १३९१० जना संक्रमित भएकोमा बुधबारमात्र २०८४ जना संक्रमित भएको फेला परेको हो।

बुधबार रातीसम्म विश्वभर ८२० जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ८७८ पुगेको छ। यो मध्ये चीनमा मात्र बुधबार ११ जना गरेर ३२२७ जनाको मृत्यु भएको छ। चीनमा बुधबार १३ जना नयाँ संक्रमित फेला परेका छन्। चीनमा हालसम्म ८० हजार ८९४ जना संक्रमित भएका छन्।

बुधबार विश्वभर १४५८१ जना नयाँ संक्रमित फेला परेका छन्। विश्वभर हालसम्म २१२७९९ जना संक्रमित भएका छन्। ती मध्ये ८४३१४ जना ठिक भएर अस्पतालबाट फर्किसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *