सिञ्जा गाउँपालिका अध्यक्षमाथि कुटपिट

डिसी नेपाल
६ चैत २०७६ ८:४८

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर पर्किएका छन्। “कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ ।” उनले भने।

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए।

उनले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन।”

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ।

गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ। जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन। समस्या बढ्दै गएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *