अमेरिकी करदातालाई थप ३ महिना राहत

डिसी नेपाल
७ चैत २०७६ २०:५०

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले आफ्ना करदाताहरुका लागि कर फायल गर्ने कामका लागि ३ महिनाको अवधि थप गर्ने घोषणा गरेको छ । कर फायल गर्ने समय यही अप्रिल १५ तारिकमा सकिंदै थियो । सरकारी घोषणाअनुसार, यसको समय सीमा बढाएर जुलाई १५ सम्म पुऱ्याइएको छ ।
अमेरिकी सरकारका फाइनान्स सेक्रेटरी(अर्थमन्त्री) स्टीभनले आज संचारमाध्यमहरुलाई दिएको जानकारीअनुसार, जुलाई १५ सम्म कर फाइल गर्ने करदाताहरुलाई कुनै थप व्याज वा फाइन लाग्ने छैन ।  यो समयसीमा थप नभएको भए अमेरिकी कानुनअनुसार, अप्रिल १५ तारिकसम्म कर नबुझाउने व्यक्ति वा व्यापारिक संस्थालाई ढिला गरेवापत बुझाउनु पर्ने करमा व्याजसहितको फाइन रकम तिर्नु पर्ने वाध्यकारी अवस्था थियो ।


अमेरिकाका सबै राज्यहरुमा देखिएको कोरोना भाइरसको प्रकोपले उद्योग व्यबसाय तथा श्रमिकहरुको दैनिक कामसमेत रोकिएको अवस्थामा कर बुझाउने वाध्यकारी अप्रिल १५ को समयसीमाले करदाताहरुमा तनाव थपिएको थियो । समयसीमा जुलाई १५ मा पुगेपछि कारदातालाई तत्कालका लागि राहत पुगेको छ । अर्थमन्त्री स्टीभनले राष्ट्रपति डोनल्ड जे ट्रम्पको निर्देशनवमोजिम कर बुझाउने समय ३ महिना थप गरिएको जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *