रोग प्रतिरोधी क्षमता बढाउन चाहिन्छन् यी भिटामिन, यस्ता खानेकुरामा पाइन्छन्

डिसी नेपाल
९ चैत २०७६ ११:२१

काठमाडौं। कोरोनाभाइरसको प्रकोप बढिरहेको छ । यो भाइरसले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरुलाई छिटो शिकार बनाउने विज्ञहरुले बताएका छन् । डाइट तथा हेल्थ एक्सपर्ट जुलिया जुम्पानोका अनुसार ३ प्रकारका भिटामिन मानिसको रोग प्रतिरोधी शक्तिलाई बढाउन सहयोगी हुन्छन् । यी भिटामिनले रोग प्रतिरोधी क्षमता बढाउँछन् जसबाट रोगले सजिलै संक्रमण गर्न सक्दैन ।

१. भिटामिन सीः स्वास्थ्य विज्ञहरु भिटामिन सीलाई इम्युन सिस्टम बढाउने राम्रो स्रोत मान्छन् । शरीरमा भिटामिन सीको कमी हुनु भनेको धेरै रोगहरु निम्त्याउनु हो । भिटामिन सी सुन्तला, मौसम, कागती, स्ट्रबेरी, क्याप्सिकम, पालक, बा्रकाउली लगायतका खाने कुरामा पाइन्छ । ड्रागन फ्रुटमा पनि प्रशस्त भिटामिन सी हुन्छ ।

२‍. भिटामिन बी ६ः शरीरको इम्युन सिस्टम बढाउन भिटामिन बी ६ लाई पनि अति आवश्यक मानिएको छ । भिटामिन बी ६ मा हुने कैयौं प्रकारका बायोकेमिकल रिएक्सनले रोग प्रतिरोधी क्षमता बढाउँछन् । मांसाहारी खानामा भिटामिन बी ६ का धेरै विकल्प छन् । भिटामिन बि ६ चिकेन, अण्डा सालमन फिस लगायत विभिन्न मासुहरुमा पाइन्छ । शाकाहारीहरुले सोयाबिन, चना, दूध आलु लगायतमा यो भिटामिन पाइन्छ ।

३. भिटामिन इः शरीरलाई रोगबाट टाढा राख्न भिटामिन इ पनि अति आवश्यक हुन्छ । यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई संक्रमणँग लड्ने शक्ति दिन्छन् । ओखर, बदाम, पालकका अलावा कैयौं किसिमका बीउहरुमा भिटामिन इ पाइन्छ । ब्रोकाउलीमा पनि भिटामिन इ पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *