जर्मन चान्सलर मर्केल क्वारेन्टाइनमा

डिसी नेपाल
१० चैत २०७६ ९:५७

जर्मनी । जर्मन चान्सलर एंगेला मर्केल कोरोना संक्रमित चिकित्सकसँगको भेटपछि स्वैच्छिक क्वारेन्टाईनमा बसेकी छिन् । शुक्रवार उनलाई एक खोप लगाईएको थियो, सो खोप लगाउने चिकित्सकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि मर्केल स्वेच्छाले घरमै क्वारेन्टाईनमा बस्ने भएकी हुन् । अब आउने दिनमा केहि पटक उनको कोरोना परिक्षण हुनेछ । सरकारी प्रबक्ताका अनुसार, मर्केलले आफ्ना काम तथा बैठक घरबाटै गर्नेछिन् ।

मर्केलले pneumococcal खोप लिएकी थिईन् । स्वास्थ्य मन्त्रीले ६० बर्ष माथिका सबैलाई यो खोप लगाउन भनेका थिए । त्यसैले ६५ बर्षिय मर्केलले शुक्रबार सो खोप लिएकी थिईन् । यो खोपले बिशेषगरी एकै समयमा दुई रोग लाग्न सक्ने जोखिमलाई कम गर्ने भएकोले कोरोनाको बेला यो खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।

जर्मनीमा कोरोना भाइरसको तीव्र प्रसारलाई रोकथाम गर्नका लागि आइतबार साँझ चान्सलर एंगेला मर्केलले विभिन्न नियम अघि सारेकी छिन् । संघीय सरकार र प्रदेश सरकारहरुबीच भएको टेलिफोन सम्मेलनमा तत्कालै कुनै राष्ट्रिय कर्फ्यू घोषणा नगर्ने तर सार्वजनिक सम्पर्कमा व्यापक प्रतिबन्ध लगाईने भएको हो ।

सार्वजनिक ठाउँमा केबल २ जना मात्र भेला हुन पाउने, परिवार र घरपरिवारमा बस्ने व्यक्तिहरूको हकमा भने छुट छ केबल सार्वजनिक भेटघाटमा प्रतिबन्ध हो ।

घर बाहिरका व्यक्तिसँगको सम्पर्क कम गर्न आग्रह गरिन्छ, दुःखका साथ भन्नुपर्छ हजुरबा आमा सँग नातीनातीनालाई टाढा राखिदिनुहोस ।

आपतकालिन सेवा लगायत अन्य क्षेत्र जहाँ २ भन्दा बढी व्यक्तिहरु हुन्छन, त्यहाँ कम्तिमा डेढ मिटरको दुरी कायम गर्नु पर्नेछ ।

काममा जान, परिक्षामा भाग लिन, बैठकमा जान, डाक्टरकोमा जान, खानाको लागि किनमेल गर्न, ताजा हावामा दौडन, व्यक्तिगत व्यायाम गर्नको लागि बाहिर निस्कन अनुमति छ ।

देशको गम्भीर अवस्थाको कारण सार्वजनिक ठाउँहरू, अपार्टमेन्टहरू र निजी संस्थाहरूमा मनाउने पार्टि अस्वीकार्य छन् । प्रतिबन्धको अपील पालना गरे नगरेको नियामक अधिकारी र प्रहरीद्वारा अनुगमन गरिनेछ, उल्लंघन गरेमा कारवाही गरिनेछ ।

रेस्टुरेन्टहरू बन्द गरिनेछन, घरघरमा पुर्याउने र लिन जानको लागि भने प्रतिबन्ध छैन ।

हेयरड्रेसरहरू, कस्मेटिक स्टुडियोहरू, मसाज सेन्टरहरु, ट्याटू स्टुडियो र यस्तै प्रकारका व्यक्तिगत हेरचाहको क्षेत्रमा सेवा दिने कम्पनीहरू बन्द गरिनेछ किनकि यस क्षेत्रमा शारीरिक निकटता हुनेछ तर चिकित्सकीय आवश्यक उपचार भने गर्न सकिनेछ ।

सबै कम्पनीहरूमा र विशेष गरी सार्वजनिक सवारी, यो नियमहरूको पालना गर्न र कर्मचारीहरू र प्रयोगकर्ताहरुका लागि प्रभावकारी सुरक्षात्मक उपायहरू लागू गर्न सुझाव छ ।

यी नियम कम्तिमा आउँदो दुई हप्ताका लागि मान्य छ ।

उल्लंघन गरेमा २५ देखि २७ हजार युरो सम्म जरिबाना हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *