आजबाट शेयर बजार बन्द

डिसी नेपाल
१० चैत २०७६ ११:५५

काठमाडौं। सोमबारबाट शेयर बजार बन्द भएको छ। आइतबार नेपाल धितोपत्र बोर्डले बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारबाट ५ दिनको कारोबार बन्द गरेको हो। अब आगामी आइतबारसम्म नेप्से बन्द रहनेछ।

बजार बन्द गर्न लगानीकर्ताले दवाव दिएपनि आइतबार भने कारोबार भएको थियो। बजार बन्द गर्न लगानीकर्ताका विभिन्न संगठनहरुले दवाद दिनुका साथै नेप्सेमा धर्ना नै दिएका थिए।

आइतबार साझ अर्थ मन्त्रालयमा छलफल भएपछि बजार बन्द गर्ने सहमति भएको हो।  कोरोना भाईरस सक्रमणको त्रासका कारण बजारमा कारोबार गर्ने वातावरण नभएको भन्दै बन्द गर्न लगानीकर्ताले दवाव दिएका थिए।

लगानीकर्ताको सुझाव अनुसार बजार बन्द गर्न अर्थ मन्त्रालयले निर्देशन दिएसँगै नेपाल धितोपत्र बोर्डले कारोबार बन्द गर्न नेप्सेलाई पत्र काटेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *