चीनले माफी माग्दै भन्यो– ‘डा. ली वेनलियाङको चेतावनीलाई बेवास्ता गर्नु भूल भयो’

डिसी नेपाल
१० चैत २०७६ १२:३५

काठमाडौं। पहिलो पटक कोरोनाभाइरसबारे चेतावनी दिने डाक्टर ली वेनलियाङको परिवारसँग चीन सरकारले माफी मागेको छ । डा. वेनलियाङ तिनै व्यक्ति थिए जसले सबैभन्दा पहिले कोरोनाभाइरसको पहिचान गरेर चीनलाई सतर्क बनाउने कोसिस गरेका थिए । यद्यपि अस्पतालका अधिकारीहरुले भने उनीमाथि हल्ला फैलाएको आरोप लगाउँदै अनुशासनात्मक कारवाही गरिने बताएका थिए ।

डा. वेनलियाङ स्वयं यो भाइरसको शिकार भएका थिए । गत महिना वुहान शहरको त्यही अस्पतालमा उनको यही भाइरसका कारण ज्यान गएको थियो । उनको मृत्युपछि चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले उनको परिवारसँग माफी मागेको छ । चीन सरकारको अनुशान मामिलाको समितिले डा. ली वेनलियाङको चेतावनीलाई गम्भीरतापूर्वक लिने काममा चीनबाट ठूलो भूल भएको स्वीकार गरेको छ ।




प्रतिक्रिया

One thought on “चीनले माफी माग्दै भन्यो– ‘डा. ली वेनलियाङको चेतावनीलाई बेवास्ता गर्नु भूल भयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *