विमानमा यात्रुले हाच्छ्युँ गरे, पाइलट झ्यालबाट हाम्फालेर भागे

डिसी नेपाल
१० चैत २०७६ १४:२८

काठमाडौं। कोरोनाभाइरस विश्वभर फैलिँदै गर्दा यसले उत्पन्न गरेको त्रास पनि निकै बढी भएको छ । डरको अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ कि एक विमानमा यात्रुले हाच्छ्युँ गरेपछि आत्तिएका पाइलट झ्यालबाट हाम्फालेर भागे । ती पाइलटले विमान ल्याण्ड गर्नासाथ विमानको ककपिटको इमरजेन्सी एक्जिटबाट हाम्फालेर भागेका थिए ।

आज तकको समाचार अनुसार एयर एसिया इण्डियाको पुणेबाट दिल्ली आएको विमानमा घटना भएको हो । एयर एसियाको फ्लाइट आइ फाइभ – ७३२ मा शुक्रबार विमानभित्र कोरोना संदिग्ध व्यक्ति भएको खबर फैलिएपछि उडिरहेका विमानभित्रै हाहाकार मच्चिएको थियो । यही बीचमा एक यात्रुलाई हाच्छ्युँ आएपछि सबै यात्रु त्रसित भएका थिए । खबर ककपिटसम्म पनि पुग्यो ।

खबरले आत्तिएका पाइलट इन कमाण्डले विमान ल्याण्ड गर्नासाथ विमानको इमरजेन्सी एक्जिट खोले र त्यहीँबाट हाम्फालेर भागे । सामान्यतया पाइलटले विमानको अगाडिको ढोका नै प्रयोग गर्छन् तर ती पाइलटले अगाडि नै बसेका व्यक्ति संदिग्ध भएको थाहा पाएपछि ककपिटबाटै हाम्फालेका थिए ।

ल्याण्डपछि सबै यात्रुलाई पछाडिको ढोकाबाट निकालियो । संदिग्ध व्यक्तिलाई मात्र अगाडिबाट निकालियो । सबै यात्रुको परीक्षण गर्दा सबैको नतिजा भने नेगेटिभ आएको छ । सुरक्षाको लागि विमानलाई छुट्टै राखिएको छ । घटनापछि एयर एसिया इण्डियाका प्रवक्ताले विमानलाई पूरै सफाइ गरिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *