ओलम्पिक स्थगित नभए अष्ट्रेलियाले आफ्ना खेलाडी नपठाउने

डिसी नेपाल
१० चैत २०७६ १६:५५

एजेन्सी । जापानको टोकियोमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलकुद स्थगित नभए अष्ट्रेलियाले आफ्ना खेलाडी नपठाउने भएको छ । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलियाको ओलम्पिक कमिटिले तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने निर्णय गरेको हो ।

अष्ट्रेलियाले आफ्नो पहिलो प्राथमिकता खेलाडीको स्वास्थ्य रहेको जनाउँदै त्यसमा खेलवाड नगर्ने जनाएको छ । यस अघि क्यानडाले पनि ओलम्पिक नसारेमा आफ्ना खेलाडी नपठाउने निर्णय गरिसकेको छ । यस्तै विभिन्न खेलका सर्वोच्च संस्थाले भने ओलम्पिक सार्नु पर्ने बिषय उठाउदै आएको छ ।

टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्ने बताईरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि टोकियो ओलम्पिक सार्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समचार संस्थाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *