प्रतिबन्धपछि कोरोना प्रभावित मुलुकबाट नेपाली यात्रु ल्याउने वायु सेवा कम्पनीमथि क्वारेन्टाइन खर्च जरिमाना

खेमराज थापा
११ चैत २०७६ १६:०३

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस महामारीका बीच नेपाल सरकारले कोरोना प्रभावित मुलुकबाट नेपालीलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि यो प्रतिबन्धको समयमा केही नेपालीहरु काठमाडौं पुगेका छन्।

यसरी प्रतिबन्धका बावजुद नेपाली यात्रुलाई बोकेर काठमाडौं उत्रेका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीसँग स्पयटीकरण् सोधिएको नेपाली उच्च अधिकारीहरुले बताएका छन्।

कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले केही विमान कम्पनीहरुले प्रतिबन्ध लागेपछि पनि प्रतिबन्धित मुलुकबाट नेपाली यात्र ल्याएको पुष्टि गरे। उनले डिसी नेपालसँग भने, केही विमान कम्पनीहरुले छलेर पनि नेपाली यात्रु ल्याएका पाइएको छ। हामीले ती नेपालीहरुलाई क्वारेन्टाइनमा राखेका छौं। इत्तिहाद एयरले दुईजना नेपाली ल्याएको र्रछ। उनीहरुलाई हामीले क्वारेन्टाइनम पठाएका छौं।

त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट क्वारेन्टाइनमा लगिएको नेपालीको संख्या यकिन भने हुन सकेन। तर, महानिर्देशक पोखरेलले त्यसरी प्रतिबन्धपछि पनि नेपाली यात्रु ल्याउने विमान कम्पनीबाट क्वारेन्टाइनको खर्च भराउने निर्णय भएको जानकारी दिए।

मङ्गलबारबाट पूर्ण रूपमा आवतजावतमा रोक लगाउने निर्णय भएपछि सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएका छन्।

महानिर्देशक पोखरेलले लक डाउन घोषणापछि सबै उडान र अवतरण बन्द भएको जानकारी दिए। उनले लक डाउनको अवधीमा कुनै विशेष परिस्थितिम भने उडान र अवतरण विशेष निर्णयबाट गर्न सकिने बताए। उनले कुनै मुलुकले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न चाहेमा अनुमति लिएर उडान गर्न सक्ने बताए।

यसअघि आइतवारबाट लागु हुने गरी एक सातासम्म यात्रु बोकेका कुनै पनि विमानलाई नेपालमा अवतरण गर्न नदिने र नेपालमा अवतरणको अनुमति लिएका विमानमार्फत् यात्रु भने लैजाने दिने नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले प्रतिबन्धपछि पनि नेपाली यात्रु बोक्ने तीवटा वायु सेवा कम्पनीलाई स्पष्टीकरण सोधेको छ। इन्डियन एअरलाइन्स, सिल्क एअर र इतिहाद एअरलाई स्पष्टीकरण सोधिएको हो।

नेपालमा हालसम्म २ जना कोरोना संक्रमित फेला परेका छन्। ती मध्ये १ जना ठिक भएर काममा फर्केको दुई महिना भइसकेको छ भने एक युवतीको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *