दक्षिण अफ्रिकी बलर डेल स्टेन सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए

डिसी नेपाल
११ चैत २०७६ १८:३२

एजेन्सी । दक्षिण अफ्रिका क्रिकेटले अनुभवी फास्ट बलर डेल स्टेनलाई सन् २०२०÷२०२१ को सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राखेको छ ।

दक्षिण अफ्रिकाले सार्वजनिक गरेको १६ सदस्यीय खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा स्टेन परेका छैनन् । स्टेनको स्थानमा बाँया हाते फास्ट बलर ब्यूरेन हेडरिक्सले सेन्ट्रल कन्ट्रयाक्ट पाएका छन् । ३६ वर्षे स्टेन चोटबाट मुक्त भएर फेब्रुवरीमा टिममा फर्किएका थिए । यहि अक्टोबरमा हुने टी–ट्वान्टी विश्वकपमा स्टेनले स्थान बनाउने अपेक्षा गरिएको थियो ।

तर, दक्षिण अफ्रीकी क्रिकेट बोर्डले यसपटक युवा खेलाडीमा भरोसा गरेको छ । जहाँ एनरिच नोर्जे, ड्वेन प्रिटोरियस तथा रासी भान डेर डुसेनलाई करार सेन्ट्रल कन्ट्रयाक्ट दिइएको छ ।

‘हामीले १६ पुरुष र १४ महिला खेलाडीलाई अनुबन्धन गरेका छौं,’ क्रिकेट दक्षिण अफ्रिकाका कार्यवाहक मुख्य कार्यकारी जाक फाउलले भने, ‘यस लिस्टमा टेष्ट र सिमित ओभर खेल्ने खेलाडी सामेल छन् ।’

दक्षिण अफ्रिका क्रिकेटले टेम्बा बावूमा, क्विंटन डि कक, फाफ डु प्लेसीस, डीन एल्गर, ब्यूरेन हेडरिक्स, रीजा हेडरिक्स, केशव महाराज, एडेन मार्कराम, डेविड मिलर, लुंगी नेग्दी, एनरिच नार्जे, एडिल फेहलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शामी र रासी भान डेर डुसेनलाई नयाँ सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ ।

यस्तै महिला तर्फ तृषा शेट्टी, नेडाइन डि क्र्ल्क, मिगनोन डु प्रीज, शबनम इस्माइल, सिनालो जाफटा, मरिजाने क्याप, आयाबोगा खाका, मसाबाता क्लस, लिजेले ली, सुने लुस, तुमी एस, चोले ट्रायोन, डेन वान नीकर्क र लोरा वोल्वार्ट रहेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *