पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिस संक्रमित, २२२ जनाको मृत्यु

डिसी नेपाल
१२ चैत २०७६ ७:४८

काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वकै शक्तिराष्ट्र अमेरिकालाई पनि प्रभावित पारेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कारोना भाइरसको संक्रमणबाट २ सय २२ जनाको ज्यान गएको छ । यो सँगै अमेकिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ७५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ११ हजार ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो २४ घण्टामा फेला पर्ने विश्वकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ ।

जसमध्ये एक हजार एक सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् भने ३ सय ७८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २२ हजार ५ सय ६६ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ८ हजार ८ सय ८७ जनाको ज्यान गइसकेको छ । एक लाख ८ हजार ३ सय ८८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

यस्तै अमेकिरामा रहेका एक नेपालीको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *