रोनाल्डिन्होलाई जेल भित्र भेटघाटमा प्रतिबन्ध

डिसी नेपाल
१२ चैत २०७६ १०:१६

काठमाडौं । नक्कली पासपोर्ट बोकेर यात्रा गरेको अभियोगमा पाराग्वेको जेलमा रहेका ३९ वर्षका रोनाल्डिन्हो र उनका भाई रोबटेर एसिस लाई जेल प्रशासनले कसैलाई पनि भेट्न प्रतिबन्ध लगाएको छ ।

सामाचार एजेन्सी सिन्हुवाको अनुसार रोनाल्डिन्हो र उनका भाई ६ मार्च देखी जेलमा बन्द रहेका छन । रोनाल्डिन्हा र उनका भाई लाई असुसियोनमा जाली पासपोर्ट प्रयोग गर्दै पराग्वे प्रबेश गर्न लाग्दा प्रकाउ गरेको थियो ।

प्राप्त जानकारी अनुसार उनी लगायत अन्य सबै कैदिहरुलाई कोरोना भाईरसको बढदो संक्रमणको खतराको कारण मानिसहरु संग भेटघाटमा रोक लगाईएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *