२८ वर्ष अगाडी ईमरान खानले पाकिस्तानलाई विश्व च्याम्पियन बनाएको त्यो क्षण…

डिसी नेपाल
१२ चैत २०७६ १७:२२

काठमाडौं । सन १९९२ मार्च २५, आजको दिन ईमरान खानले विश्व क्रिकेट जगतमा इतिहास रचेका थिए । करिब २८ बर्ष पहिले आजको दिन ५ औं विश्वकप क्रिकेट चलिरहेको थियो जहाँ ९ राष्ट्रले सहभागिता जनाएका थिए । सेमिफाइनलमा टिम राउन्ड रोबिनको अनुसार तय भएका थियोे । १९९२ को विश्वकपमा पाकिस्तानी टोली लगभग प्रतियोगिता बाट बाहिरी सकेको थियो तर पाकिस्तानको एउटा खेल परिणाम बिहीन भयो जस्को कारण अंक तालिकामा अष्टे्लिया संग एक अंक बढी प्राप्त गर्दै टिम सेमिफाईनलमा पुग्न सफल भयो ।

अचम्मको कुरा के थियो भने उक्त प्रतियोगितामा आयोजक अष्ट्रेलिया र भारत प्रतियोगिताबाट बाहिरी सकेका थिए त्यस समय एसियाली दर्शकहरुको ध्यान केबल पाकिस्तानमा केन्द्रित भयो । पाकिस्तानले सेमिफाईनलमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधिको लागि फाईनलमा स्थान बनायो जहाँ उस्को भेट ईङल्यान्डसँग हुने भएको थियो ।

मेलबर्न क्रिकेट मैदानमा खचाखच दर्शकहरुले भरिएको फाईनल खेलमा पाकिस्तानका कप्तान ईमरान खानले टस जितेर ब्याटिङ गर्नै निर्णय गर्‍यो । पाकिस्तानले निर्धारत ५० ओभरमा ६ विकेट गुमाएर २४९ रन बनाउदै ईङल्यान्डलाई ५० ओभरमा २५० रनको लक्ष्य दियो । पाकिस्तानको तर्फबाट कप्तान ईमरान खानले कप्तानी पारी खेल्दै सबैभन्दा बढी ७२ रनको योगदान गरेका थिए ।

जवाफि ब्याटिङमा आएको ईङल्यान्डको टोली ४९.२ ओभरमा २२७ रनमा रोकियो । ईङल्यान्डका लागी एनएच फेयरब्रदरले सर्बाधिक ६२ रन बनाए पनी ईङल्यान्ड तेस्रो पटक विश्वकपको उपाधि हात पार्नबाट चुक्यो ।

पाकिस्तानले विश्वकपको उपाधि पहिलो पटक हात पार्न सफल भयो र उक्त खेलमा ईमरान खान म्यान अफ द म्याच भएका थिए । अचम्मको कुरा के रहयो भने उक्त फाईनल खेलमा दुबै टालिले एक एक रनरको प्रयोग गरेका थिए । पाकिस्तानको जावेद मियादाद लाई मद्दत गर्न आमेर सोहेल आएका थिए भने ईङल्यान्डका फेयर ब्रदरका लागी एलेक स्टीवर्ट रनरका रुपमा आएका थिए । पाकिस्तान २२ रनले जित हात पार्दै पहिलो पटक विश्वकपको उपाधिमाथी कब्जा जमाएको थियो ।

ईमरानले १९८७ को विश्वकप पछि सन्यास लिएका थिए तर लगतै तत्कालिन राष्ट्रपति जियाउल हकको आग्रहमा उनले फेरी पाकिस्तानको जर्सी लगाएका थिए । करिब ३९ बर्षको उमेरमा विश्वकप खेल्नु र आफ्नो टिमलाई विश्व च्याम्पियन बनाउनु परिको कथा जस्तै लाग्छ । त्यसकारण पनि ईमरानलाई पाकिस्तानको सबैभन्दा महान कप्तानको रुपमा चिनिन्छ र आज ति महान कप्तान पाकिस्तानकै प्रधानमन्त्रीको रुपमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *