के प्रहरी र स्वास्थ्यकर्मी मरे केही फरक नपर्ने हो र सरकार ?

काठमाडौ । नेपाल भारत सीमाबाट छिरेका मानिसहरुमा संक्रमण छ कि छैन भनेर सरकारले ‘स्याप्लेलिङ टेष्ट’ गर्न भुलेको छ । अर्थात् सरकारले पूरै वेवास्ता गरेको छ। चैत ६ गते भारतबाट आएका नेपालीहरुमा पनि त्यसको संक्रमण देखिन सक्ने संभावनालाई ध्यान राखेर संक्रमण परीक्षण आवश्यक देखिएको हो ।

मंगलबार सरकारले उनीहरुलाई सरकारले अनुगमन गर्ने गरी मुलक भित्रने दिने नीति लिएपछि जनतामा खुशी त छाएको छ तर उनीहरु आफै आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेका छन् त्यो बारे भने केन्द्र सरकार वा स्थानीय सरकारले कति ध्यान पुर्याएका छन् आम मानिसमा यो प्रश्नले जरो गाडेको छ । ६ गते कतारबाट नेपाल आएका एक नागरिकलाई पनि कोरोना संक्रमण देखिएपछि सरकारले त्यस जहाँजमा आएका नागरिक खोज्ने अर्को चुनौति थपिएको छ ।

भारतबाट नेपाल भित्रने नाकामा कोभिड –१९ ९कोरोना भाइरस० को संक्रमण बढ्ने खतरा अत्यधिक छ । भारतमा रोजगारीका लागि गएका नागारिकहरु लुकेर सीमा क्षेत्र पार गर्ने क्रम रोकिएको छैन । तर कतिपय संवेदनशील क्षेत्र विभिन्न सीमा नाकमा सरकारी पक्षको पूर्वतयारी फितलो रहेको छ । सीमा नाकाहरु वीरगन्ज, त्रिनगर, गड्डाचौकी, कृष्णनगर, रुपौडिया, काकडभिटटा, जोगवनीजस्ता नाकामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सामान्य पूर्वाधार दिएर खटाएइएको छ । पीपीईविनै कोरोना आशंकितहरुलाई जाँच र नियन्त्रण गर्न स्वास्थ्यकर्मी र प्रहरीलाई बाध्य पारिएको छ । के प्रहरी र स्वास्थ्यकर्मी मरे चाहि केही फरक नपर्ने हो  ?

केन्द्र सरकारले ६ वटा प्रदेशमा ५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) तथा ३० हजारको दरले मास्क पठाएको भएपनि अहिलेसम्म सीमा क्षेत्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पुगेको छैन ।

पिपिई सेट कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउनुपर्छ। पिपिईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायतका सामग्री पर्छन् । कोराना भाइरस संक्रमणका बिरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग गर्नुपर्छ । तर सो विना नै उनीहरु काम गर्न बाध्य रहेका छन् । ‘स्वास्थ्य सामाग्री विना नै चेक गर्नुपर्ने अवस्था आएको छ’, नाकामा खटिएका एक सुरक्षा अधिकारीले भने । उनका अनुसार केन्द्र वा प्रदेश सरकार कतैबाट पनि स्वास्थ्य सामाग्री दिइएको छैन । ‘हामीसँग जे उपलब्ध छ अहिलेलाई त्यही चलाइहेका छौ स्थानीय स्वास्थ्य चौकीमा रहेका सामग्रीलाई आवश्यकता अनुसार प्रयोग गरिएको छ’, ती अधिकारीले भने ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उडान बन्द भएका छन् । विदेशी मुलुकबाट काठमाडौं अवतरण हुने जहाजलाई निषेध गर्न ढिलाई हुँदा नेपालमा प्रवेश गर्न नसकेको संक्रमणले प्रवेश पाएको छ । मंगलबार मात्रै करिब २ हजार नागरिक सीमा क्षेत्रबाट नेपाल प्रवेश पाए । उनीहरुको सामान्य ज्वरो नापेर घरमै बस्नेगरी कसैसँग पनि भेटघाट नहुने शर्तमा पठाइएको छ । स्थानीय तहलाई पनि त्यही जानकारी दिइयो । तर उनीहरु कसरी बसेका छन् भन्ने बारेमा अनुगमन गर्ने निकाय कमजोर रहेको छ । अनुगमन गर्न को जाने भन्ने अन्यौल समेत कायमै रहेको छ । सरकारले कोभिड–१९ को संक्रमणलाई दृष्टिगत गर्दै चैत लागेदेखि नैसजकता अपनायो । त्यसक्रममा अन्र्तराष्ट्रिय उड्डयन कम्पनीका अवतरण तर्फ पनि कडाई गरियो । तर, विभिन्न बहानामा त्यस्ता जहाजको अवतरण भने जारी रह्यो ।

त्यसक्रममा दुवईबाट फर्किएर दिल्लीमा अलपत्र भएका २८ नेपालीको उद्दारका नाममा एयर इण्डियाको जहाज काठमाडौंमा अवतरण भयो । त्यसपछि सिल्क एयर र एयर इत्तेहादबाट काठमाडौं ओर्लिएका ७० नेपाली खरिपाटीस्थित क्वारेन्टाइनमा राखिए । यससँगै कतार एयरलाइन्सका जहाज अवतरणको क्रम बढ्यो । सरकारले त्यस्ता जहाजलाई रोक्न सकेन । फलतः कतार एयरलाइन्सको क्युआर९ ६५२ कलसाइनको विमानबाट चैत ४ को उडानबाट दोहा हुँदै नेपाल अवतरण भएकी १९ वर्षीया युवतीमा संक्रमण भेटियो । ती युवती त तत्कालै क्वारेन्टाइनमा गइन । तर, उनीसँगै सोही उडानबाट अवतरण भएका १ सय ५२ यात्रुबारे सरकारलाई जानकारी हुन सकेन । संक्रमित युवती अस्पताल भर्ना भएपछि मात्रै १ सय २५ जना सम्पर्क आए । नेपाल प्रहरीका अनुसार उनीहरु अहिले सेल्फ क्वारेन्टाइनमा छन् ।

जसरी कोभिड १९ संक्रमणका खतराबाट देशलाई मुक्त गर्न भएका अघिल्ला प्रयास पर्याप्त नहुँदा संक्रमण भित्रिएको छ, अब यो संक्रमण फैलिएमा यसबाट देशवासीलाई कम क्षतिसहित सुरक्षित राख्ने मौका सरकारसँग छन् । तर स्थानीय तहमा त्यस खालका सुरक्षित सामाग्री र उपकरण नहँदा खतरा झन बढिरहेको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position