एनआरएनले एक करोडको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

डिसी नेपाल
१२ चैत २०७६ १८:३२

काठमाडौं । कोरोना भाइरस ९कोभिड—१९० को नियन्त्रण र उपचारमा सहयोग गर्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले एक करोड रुपैयाँका स्वास्थ्य सामग्री दिने भएको छ ।

एक करोड रुपैयाँ दिने घोषणा गरेको एनआरएनएलाई सरकारले नगद भन्दा उपचार सामग्री दिन आग्रह गरेपछि स्वास्थ्य सामग्री दिन लागेको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट खरिद गरेर चीनमा रहेको नेपाली दूतावासलाई दिन लागिएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए ।

अध्यक्ष पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा सहयोगलाई सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो । सामग्री खरिदका लागि कार्यदल बनाएर काम अघि बढाएको एनआरएनएका महासचिव डा।हेम राज शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *