कोरोना संकट : कहिले तंग्रिएला संसार?

डिसी नेपाल
१२ चैत २०७६ १९:२९

लन्डन (बीबीसी)। अर्गनाइजेशन फर इकोनोमिक को अपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी)ले कोरोना भाइरसको महामारीबाट तंग्रिन संसारलाई वर्षौं लाग्न सक्ने चेतावनी दिएको छ। ओईसीडीका महासचिव एन्केल गुरियाले कोरोनाका कारण लागगरेको आर्थिक झटका कुनै वित्तिय संकटभन्दा निकै गम्भीर रहेको बताएका छन्। उनले बीबीसीसँग यो अवस्थाबाट छिटै ठिक हुने कुरा सपना जस्तै भएको बताएका छन्।

ओईसीडीले सबै देशका सरकारहरुलाई खर्च बढाउन अपील गरेको छ। अधिकभन्दा अधिक मानिसहरुको परीक्षण र विरामीको उपचार छिटो गर्न सरकारहरुले खर्च बढाउनुपर्ने उसले बताएको छ।

एन्केल गुरियाले हालै कोरोनाले महामारीको रूप लियो भने विश्वको अर्थव्यवस्थामा १ंं.५ प्रतिशत विकास दर घट्ने चेतावनी दिएका थिए। तर, अहिलेको अवस्था हेर्दा त्यो भन्दा धेरै गिरावट आउने देखिन्छ। उनले कोरोनाका कारण कति रोजगारी गुम्छ, कति कम्पनि बन्द हुन्छन्, अहिले स्पष्ट भन्न नसकिने बताए।

तर, आगामी दिनमा यसले अर्थव्यवस्थामा निकै समस्या उत्पन्न हुने बताए। उनले आगामी दिनहरुमा संसारका ठूला देशहरुले आर्थिक मन्दीको सामना गर्नुपर्ने र त्यसको अर्थ त्रैमाशिक रिपोर्टमा आर्थिक गिरावट हुने बताए।

उनले पुरै संसारको अर्थव्यवस्थमा यो महामारीको प्रभाव नपरे पनि केही ठूला अर्थतन्त्रमा भने या त गिरावट आउने यात विकास नहुने बताए। उनले यसको अर्थ भविष्यमा अर्थतन्त्रलाई लिकमा ल्याउन निकै समय लाग्ने बताए।

गुरियाले आर्थिक रुपमा कोरोनाको कहर, २००८ को मन्दी र सेप्टेम्बर ११ को आतंकवादी आक्रमणभन्दा निकै ठूलो हुने बतए। उनले यसको प्रभावका कारण गुमेको रोजगारीको समस्यालाई सुल्झाउन कति समय लाग्छ भन्ने यकिन हुन नसकेको बताए। उनले कति मानिसहरु बेरोजगार हुनेछन् भन्ने अनुमान गर्न नसकिएको, कति व्यापारले समस्या भोगेको, कति बन्द हुने अवस्थामा पुगेको भन्ने यकिन हुन नसकेको बताए। यस्तो अवस्थामा स्थिति सामान्य हुन निकै समय लाग्ने बताए।

केरोनाको महामारीसँग लड्न संसारका सरकारहरुले आफ्ना व्यवसायी र कर्मचारीका लागि अभूतपूर्व कदमहरु चालेका छन्। बेलायतका नीति निर्माताहरुले जो मानिसहरु कोरोना भाइरसका कारण काम गर्न सकिरहेका छैनन्, उनीहरुको तलब नकाटिने बताएका छन्। गुरियाले सरकारहरुसँग यस संकटसँग लड्न जति सकिन्छ खर्च गर्न र आवश्य परे सबै संशाधनहरुको प्रयोग गर्नअपील गरेका छन्। उनले आगामी वर्षहरुमा यसकारण सरकारलार्य राजश्वमा निकै घाटा हुन सक्ने र सरकारी ऋण बढ्ने सक्ने चेतावनीसमेत दिएका छन्।

ओईसीडीले मौजूदा परिस्थितिसँग लड्नका लागि चार तहम कोशिश गर्ने योजना सार्वजनिक गरेको छ। जसमा भाइरसका लागि निःशुल्क परीक्षण, डाक्टर र स्वास्थ्यकर्मीका लागि राम्रो उपकरणा र व्यवस्था, कर्मचारी र काम गर्न नपाएका मानिसहरुका लागि क्यास ट्रान्सफर र कम्पनीहरुलाई कर तिर्न नसकेको अवस्थामा उनीहरुलाई राहत दिने। गुरियाले मौजूदा स्थितिमा शायद मार्शल प्लान जस्तै केही लागु गर्र्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले मार्शल प्लानबाट दोस्रो विश्व युद्धपछि यूरोप पुनःनिर्माणमा सहयोग मिलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *