अमेरिकी सिनेटमा २ ट्रिलियन डलरको कोरोना राहत प्याकेजमा सहमति
वाशिंगटन (एजेन्सी) । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरेना भाइरसके नयाँ इपिसेन्टर अमेरिका हुने चेतावनी दिएको केही समयपछि अमेरिकी सिनेटले २ ट्रिलियन डलरको राहत प्याकेजमा सहमति जनाएको छ।
अमेरिकी इतिहासमै यो प्याकेजलाई सबैभन्दा ठूलो भनिएको छ। रिपब्लिकन र डेमोक्रेटबीच सहमतिपछि सिनेटबाट सो प्याकेज पारित भएको जनाइएको छ। प्याकेजले कोराना भाइरसबाट प्रभावित युवा र साना व्यापारीलाई सहयोग गर्ने, मेडिकल उपकरणमा खर्च गर्ने लगायतका व्यवस्था गरेको जनाइएको छ। सीएनएनका अनुसार सो प्याकेजबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
अमेरिकामा बुधबारसम्म ८०२ जनाको कोरेनाका कारण मृत्यु भएको छ भने ५५,२२५ जना संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या अझै ठूलो हुन सक्ने विशषेज्ञहरुले चेतावनी दिएका छन्। अमेरिकामा शंकास्पदको स्वास्थ्य परीक्षणमा हतोत्साहित गरिएको समाचारहरु पनि सार्वजनिक भएका छन्।
अमेरिकामा हालसम्म जम्मा ८० हजारभन्दा धेरैको परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये धेरैको रिपोर्ट पोजेटिभ आएको छ। त्यसैले पनि अमेरिकामा संक्रमितको संख्या धेरै हुन सक्ने चेतावनी दिइएको हो। विश्व स्वास्थ्य संगठनले पछिल्ला दिनमा प्राप्त हुने नयाँ कोरोना भाइरसका रिपोर्ट मध्ये ८५ प्रतिशत अमेरिका र यूरोपबाट आएको जनाएको छ। इटाली र स्पेनले कोरोना भाइरसको उद्गम मुलुक चीनलाई पनि उछिनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment