विश्वका १९८ देशमा कोरोना आतंक, इटली र स्पेनमा भयावह, चीनमा फेरि केहीको मृत्यु (तालिकासहित)

डिसी नेपाल
१३ चैत २०७६ ७:५४

काठमाडौँ । चीनको एक शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारी यो समाचार तयार पार्दासम्म विश्वका १९८ देशमा फैलिएको छ । कोरोनाको महामारीबाट हालसम्म ४ लाख ६८ हजार ९ सय ५ जना संक्रमित भएका छन्।

जसमध्ये २१ हजार २ सय जना मानिसको ज्यान गइसकेको र १ लाख १४ हजार २ सय १८ जना संक्रमित उपचारपछि घर फर्किएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पछिल्लो १४ घण्टामा मात्रै २ हजार ३ सय ६ जना संक्रमितको ज्यान गएको छ भने, ४६ हजार ३ सय ३१ जना नयाँ संक्रमित फेला परेका छन्।

जसमध्ये इटली र स्पेनमा भयावह स्थिती देखा परेको छ भने पछिल्लो समय शून्य जस्तै भएको चीनमा पनि बुधबार ६ जना संक्रमितको ज्यान गएको छ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट इटलीमा ६८३ जना मानिसको ज्यान गएको छ भने ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ।

यस्तै इटली पछि स्पेनमा पनि कोरोनाको महामारी भयावह छ । हालसम्म स्पेनमा ३ हजार ६ सय ४७ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा मात्रै ६ सय ५६ जना मानिसले ज्यान गुमाएका छन् भने ७ हजार ४ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ ।

यसैगरी कोरोना भाइरसको उद्गमस्थल चीनमा पुनः कोरोना भाइरसको संक्रमणबाट ६ जना मानिसले ज्यान गुमाएका छन् । ६७ जना नयाँ संक्रमित पनि थपिएका छन् । चीनमा अझै एक हजार २ सय ३५ जना मानिसको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यस्तैपछिल्लो २४ घण्टामा शक्तिराष्ट्र अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । २४ घण्टामा ११ हजार १ सय ९२ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ६६ हजार ४८ पुगेको छ । जसमध्ये हालसम्म ९ सय ४४ जना संक्रमितको ज्यान गइसकेको छ । जसमध्ये हिजोमात्रै १ सय ६४ जनाको ज्यान गएको हो ।

यस्तो छ कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *