सन्दीप लामिछानेले कोरोना राहत कोषमा सहयोग गरे एक लाख

डिसी नेपाल
१३ चैत २०७६ २०:३६

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन्। उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त सो कोषमा सहयोग गरेको जानकारी दिएका हुन्।

सन्दीपले राहत कोषमा रकम सहयोग गरेको जानकारी सँगै कोरोनाको महामारीबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्न पनि सुझाव दिएका छन्। उनले कोरोनाबाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेसमेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *