पीएसजीद्वारा कोरोनाविरुद्ध लड्न १ लाख युरो सहयोग

डिसी नेपाल
१३ चैत २०७६ २१:१७

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कोरोना भाईरसविरुद्ध लड्न १ लाख युरो सहयोग गरेको छ ।

पीएसजीले सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गरेको हो । उक्त रकमले कोरानाबाट प्रभावित घरबारविहीन मानिस र बच्चाहरुको लागि खर्च गरिनेछ ।

चीनबाट सुरु भएको कोरोनाको कारण धेरै प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । फ्रान्समा कोरोनाको कारण १३ सय बढी मानिसको मृत्यु भईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *