रिजर्भ बैंक अफ इन्डियाद्वारा ०.७५ प्रतिशतले व्याज कटौती, नेपालमा कहिले ?

डिसी नेपाल
१४ चैत २०७६ १२:५४

काठमाडौं। कोरोना भाइसरको महामारीले पर्ने असरबाट अर्थतन्त्रलाई जोगाउन रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले व्याजदरमा ०.७५ प्रतिशत विन्दुले कटौती गरेको छ।

अब आरबीआइबाट अब बैंकहरुले सस्तोमा ऋण पाउनेछन् र उनीहरुले सर्वसाधारण ऋणीहरुलाई सहुलियत दरमा ऋण पाउनेछन्।

त्यसैगरी यसअघि बैंकहरुले दिएको ऋणको व्याज पनि घट्ने छ। व्याजदर घटेसँगै ऋणीहरुले तिर्ने मासिक किस्ता (इएमआइ)पनि कम तिर्नुपर्छ। यो भारतीय ऋणीहरुको लागि ठूलो राहत हो।

आरविआइका गभर्नर शशीकान्त दासले शुक्रबार भिडियो सन्देश मार्फत मौद्रिक नीतिमा केही परिवर्तन गरी जनतालाई राहत दिने प्याकेजको घोषणा गरेको जनाएका छन्।

नेपालमा उद्योगी व्यवसायीहरुले राहत दिन आग्रह गरेपनि सरकार र नेपाल राष्ट्र बैंकले कुनै राहत प्याकेज अहिलेसम्म घोषणा गरेको छैन।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले चैतसम्मका लागि बैंकहरुको कर्जा र व्याज असुली स्थगन गर्न निर्देशन दिएको छ। यसको अर्थ कर्जा र व्याज छुट नभई तिर्ने समय एक महिना परमात्र सारिएको हो।

यसैगरी कोरोना भाइरस उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयातमा विदेशी मुद्राको सिमा हटाउन, आयात कर्जा खुकुल बनाउन समेत निर्देशन दिइएको छ।

यसबाहेक व्याजदर, किस्ता मिनाहा वा कटौती, सहुलियत ऋण, राहत प्याकेज जस्ता कुनै पनि राहत दिने योजना घोषणा गरेका छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *