एकसय नौं बर्षे ईतिहासमा पहिलो पटक स्थगित भयो यो खेल

डिसी नेपाल
१४ चैत २०७६ १८:५३

काठमाडौं । विश्वभरी त्रास फैलाएको कोरोनाको कारण लगभग सबै खेलकुद प्रतियोगिताहरु रद्द भएको छ । जुलाई–अगस्तमा हुने भनिएको विश्व खेलुकदको माहाकुम्भ ओलम्पिक पनि रद्द भएको छ ।

यस्तै अहिले आएर १०९ बर्षे ईतिहास बोकेको अमेरिकाको ईन्डियापोली ५ सय मिटर मोटर रेस प्रतियोगिता पनि स्थगित भएको छ । मे २४ बाट हुने यो प्रतियोगिता अगस्तमा हुने जनाईएको छ ।

ईन्डियापोली प्रतियोगिता पहिलो पटक सन १९९१ मा भएको थियो । प्रथम विश्वयुद्धको समय सन १९१७ र १९१८ मा यो प्रतियोगिता भएको थिएन । त्यसपछि दोस्रो विश्वयुद्धको बेला सन १९४१ देखी १९४५ समयमा पनि यो प्रतियोगिता रद्द भएको थियो । अहिले आएर पहिलो पटक यो प्रतियोगिता स्थगित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *