बेल्जियममा “बिरालो” मा पनि कोरोना भाइरस पोजिटिभ !

डिसी नेपाल
१५ चैत २०७६ ७:३१

युरोप । ब्रसेल्समा कोरोना लक्षण देखाउने एउटा बिरालाेको कोरोना भाइरसको लागि परिक्षण गरिएको छ । र, नतिजाले बिरालोमा सो भाइरसको संक्रमण पोजिटिभ देखाएको छ ।

सरकारका प्रवक्ताले शुक्रबार ब्रसेल्समा भने – “ यो एक पृथक मामला हो जुन, जनावर र संक्रमित व्यक्ति बीचको नजिकको सम्पर्कमा यसप्रकारको नतिजा आउन सक्छ ।”

लिज विश्वविद्यालयको पशु चिकित्सा संकायका वैज्ञानिकहरूले सो जाँच गरे अनी भने दुर्लभ मामिलाहरूमा, भाइरस मानवबाट जनावरमा सर्न सक्छ, कोरोना माहामारी र बिस्तारमा यी मामिलाको कुनै सम्बन्ध हुँदैन ।

खाद्य सुरक्षा प्राधिकरणका अधिकारीहरु यसो भन्छन्,”अहिलेसम्म त्यस्तो कुनै प्रमाण छैन कि कुनै घरपालुवा जनावरले यो भाईरस मानिस वा अन्य घरपालुवा जनावरमा सार्न सक्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *