कविता – ‘कोरोनाले थुर्थुरी भैसके’

डिसी नेपाल
१५ चैत २०७६ ६:४४
मुनामदनको झ्याउरे लयमा

कोरोना भाइरस

अचम्मै लाइराछ काँबाट आयो कसरी फैल्यो
कोरोना भाइरस के यस्तो भयो संसारै भरी
अचम्मै लाइराछ न ठूलो सानो न धनी गरिब
न झुप्रा महल न बुढा पाका न केटाकेटी
सबैलाई हलचल दिनदिनै सुन्दा मरेका ज्यान
हजारौं गैसके, आफुलाई गन्ने ठूला हुँ भन्ने, थुर्थुरी भैसके ।

मनुष्य चोलाको पर्देशीलाई सम्झेर घरमा
धर्धरी रुँदा हुन विरक्ति मनका वह र पीडा
आँशुले धुँदा हुन अम्रिका अरब अष्ट्रेलिया र
जर्मनी जापान दिनरात गन्दै भेट होला भन्दै
पर्खेका जहान काम थियो पैले केहि छैन ऐले
न टेक्ने समाउने, भोलि के हुन्छ मन्मुटु पोल्छ
के गरी रमाउने । …

सबै नै बन्दछन जान्नेले भन्छन सुन्दा र हेर्दा
लक्षण शुरुको सास फेर्नै साह्रो हन्हनी ज्वरो
लहरे खोकीको नमस्कार गरौं नमिलाऔं हात
अंकमाल नगरौं नबुझी कैहिल्यै सल्लाह दिन
अगाडि नसरौं भीडभाड, मेला,सभा र गोस्ठी
भेलामा नजाऔं, निस्किन्दा बाहिर पन्जा र मास्क
नभुली लगाऔं । …….

सबैलाई यै भनौं झोलिलो धेरै सागसब्जीसित
पोषिलो खाना खाऔं रोगलाई जित्ने अझै त्यो शक्ति
तागत बढाऔं बारम्बार साबुनपानीले हात
धुनलाई बानी लिऔं कागती बेसार अदुवानून हाली
उमाली पानी पिऔं सावधान रहौं पालना गरौं
ख्याल ठट्टा नगरौं, आत्मबल दह्रो बनाऔं अर्को
भरमा नपरौं । …

करुणा जगाऔं सेवा नै धर्म पवित्र कर्म
सर्सयोग गर्दामा हृदय खोलौं दिनदुखीलाई
विपति पर्दामा साथमा साथ मायाँ र सम्मान
जिन्दगी रहुन्जेल पाइन्छ सधैं आशिर वचन
सन्सारमा छउन्जेल प्रकृति हाम्रो सन्सार कै राम्रो
पुर्खाको नेपाल, आशिर्वाद सधैं अनमोल जीवन
नमरौं अकाल । …

 

(खड्ग न्यौपाने-लेटाङ, मोरङ – हाल म्युनिख, जर्मनी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *