आइपिएल पहिलो सिजनका सिक्सर किङहरु

डिसी नेपाल
१५ चैत २०७६ १३:४५

काठमार्डौ । इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवातको उद्देश्य क्रिकेटलाई नयाँ गति र पहिचानका साथै २० ओभरको क्रिकेट खेललाई विश्वमा चिनाउनु पनि रहेको थियो । यो लिगको सुरुवात संगै विश्वका अन्य देशहरुमा पनि टि २० लिगको आगमन भयो । तर आइपिएल जतिको चर्चा परिचर्चा अन्य टि २० लिगले कमाउन सकेन ।

यसकारण पनी आईपिएल लाई संसारकै सबैभन्दा ठुलो र चर्चित लिग मध्ये एक भनिन्छ । यो लिगमा बिभिन्न देशका उत्कृष्ट खेलाडीहरुले आफ्नो उत्कृष्ट खेल पस्किने गर्दछन । यो लिगमा ब्याटस्म्यानहरु चौका र छक्काको बर्षात गर्छन भने बलरहरु आफ्नो उत्कृष्ट प्रर्दशन गर्दै सबैभन्दा बढी विकेट लिने कोशिस गर्छन ।

अहिले सम्म आईपिएलले १२ सिजन सफलतापूर्वक समपन्न गरेको छ जहा खेलाडीहरुको उत्कृष्ट प्रर्दशनमा दर्शक हरुले भरपूर मनोरञ्जन लिएका छन । यतिमात्र हैन गएका सिजनहरुमा खेलाडीहरुले विभिन्न रेकर्डहरु पनि आफ्नो नाममा बनाएका छन । कति खेलाडीले सबैभन्दा बढी रन बनाउने कतिले सबैभन्दा बढी विकेट लिने कतिले सबैभन्दा बढी सतक बनाउने र कतिले अर्धसतक बनाएका छन । आज हामीले सुरुवाती आईपीएल सन २००८ का पाँच यस्ता खेलाडी हरुको बारेमा चर्चा गर्नेछौ जसले सिजनमा सबैभन्दा बढी छक्का प्रहार गरेका थिए ।

१) सनथ जयसूर्याः सनथ जयसूर्याले पहिलो आईपिएल पाँच पटकको आईपिएल बिजेता मुम्बई ईनिडयन्सबाट खेलेका थिए । श्रीलंकाका माहान खेलाडी उनले सिजनको १४ खेलमा १६७ भन्दा बढीको स्टा्रईक रेटमा कुल ५१८ रन बनाएका थिए । जयसूर्याले उक्त ईनिङ खेल्ने क्रममा ३१ छक्काको मद्दतमा २ अर्धसतक र १ सतक प्रहार गर्दै सर्बाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

२) सन मार्सः सन २००८ को आईपिएल राजस्थान रोयल्सले जितेपनी उक्त सिजनमा किङग्स ईलेभन पन्जाबले उत्कृष्ट प्रर्दशन गरेको थियो र सो सिजनमा पन्जाबका ब्याटस्म्यान सान मार्सले सबैभन्दा बढी रन बनाएका थिए । सिजनमा ओरेन्ज क्याप जितेका मार्सले ११ खेलमा १३९.६८ को स्टा्रईक रेटमा २६ छक्काको मद्दतले ६१६ रन बनाएका थिए । उक्त सिजनमा सर्बाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।

३) युसुफ पठानः आईपिएल २००८ राजस्थान रोयल्सले जितेको थियो । राजस्थान लाई उपाधि दिलाउन युसुफ पठान र सेन वाट्सनले अलराउन्डर प्रर्दशन गरेका थिए । युसुफले आईपिएलको सुरुवाती सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै १५ खेलको १५ पारीमा १७९ को स्टा्रईक रेटमा कुल ४३५ रन बनाएका थिए । पठानले उक्त सिजनमा २५ छक्का प्रहार गर्दै प्रतियोगितामा धेरै छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका थिए ।

४) बिरेन्द्र सहवागः सहवागले आफ्नो आईपएल करियरमा दिल्ली डेयरडेविल्स र किङस एलेभेन पन्जाव बाट खेलेका थिए । उनले आईपिएलको सुरुवाती सिजन दिल्ली बाट खेल्दै १४ खेलमा १८४.५४ को स्टा्रईक रेटमा कुल ४०६ रन बनाएका थिए । उक्त सिजनमा उनले २१ छक्का प्रहार गर्दै प्रतियोगिताको सर्बाधिक छक्का प्रहार गर्ने चौथो खेलाडी बनेका थिए ।

५) रोहित शर्माः टि २० क्रिकेटमा रोहित शर्माको नाम सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा आउने गर्छ । भारतीय टिमका प्रमुख खेलाडी समेत रहेका शर्मालाई हिटम्यानको रुपमा पनी चिनीने गरिन्छ । उनको ब्याटबाट कुनैपनी पारीमा सिङल वा डबल भन्दा पनी चौका र छक्का बाट बढी रन आउने गर्छ । आईपिएल सफल कप्तान मध्येका एक शर्माको आईपिएल करियरको सुरुवात डेक्कन चार्जस बाट भएको थियो । पहिलो सिजनमा उनले १३ खेलको १२ पारीमा १४७ को स्टा्रईक रेटमा १९ छक्का सहित ४ सय ४ रन बनाएका थिए । सो सिजनमा उनी पहिलो सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *